देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

0

तुलसीपुर – दाङमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

दुर्घटनामा परी दंगिशरण गाउँपालिका-३ हेकुलीका २५ वर्षीय विवेक थापा र वडा नं. ४ बैबाङका २६ वर्षीय दिनेश खड्काको मृत्यु भएको हो ।

तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ त ३४४१ नम्बरको ट्रयाक्टरले विपरीत दिशामा रहेको रा ६ प १४३४ नम्बरको मोटरसाइकललाई दंगिशरण- ५ लौबस्ता भन्ने ठाउँमा ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार तीनै जना घाइते भएका थिए । थापा र खड्काको शुक्रबार राति उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

सोही मोटरसाइकलमा सवार दंगिशरण-३ रातवगाउँका २४ वर्षीय आकाश कँडेल घाइते भएका छन् । उनको पनि कोहलपुरमा उपचार भइरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार