देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दार्चुलामा ट्रक दुर्घटना, तीन जनाको मृत्यु

0

दार्चुला – महाकाली राजमार्ग अन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गएराति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्कीको मृत्यु भएको हो । अन्य दुई जनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक गएराति सवा १० बजे दुर्घटनामा परेको हो । ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार