देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दार्चुलामा तुइनबाट खसेर १० बर्षे बालक बेपत्ता

0
<p>साङ्केतिक तस्विर</p>

साङ्केतिक तस्विर

काठमाडौं – दार्चुलाको ब्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका छन्।

नेपालको ब्यासबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नं ४ डोकटका कक्षा ४ मा पढ्ने १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएको स्थानीय दीपक खातीले जानकारी दिए।

यस घटनाबारे अहिलेसम्म कुनै पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोविन्द भण्डारीले बताए।

उनका नुसार घटनाका बारेमा स्थानीयले कुनै जानकारी नगराएको र अहिले प्रहारी चौकी सुन्सेराबाट वरिष्ठ प्रहरी सहायक निरीक्षक भरत अधिकारीको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ पठाएको बताए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार