देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दार्चुलामा ४५ वर्षीया साउँदले गरिन आत्मदाह

0
<p>सांकेतिक फोटो</p>

सांकेतिक फोटो

काठमाडौं – आइतबार मट्टितेल छर्केर आफ्नै शरीरमा आगो लगाएकी दार्चुलाकी १ महिलाको मृत्यु भएको छ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–५ सेतकलाकी अन्दाजी ४५ वर्षीया सुना साउँदले आइतबार बिहान ११ बजेतिर आफ्नै शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्।

घरमा कोही नभएको बेला शरीरमा मट्टीतेल छर्केर उनलाई छिमिकीले देखेपछि उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्‍याएका थिए। साउदको घुँडाभन्दा माथिको भाग जलेकाले अवस्था गम्भीर भएको भन्दै गोकुलेश्वर अस्पतालले धनगढी रेफर गरेको थियो।

आगोबाट जलेर गम्भीर घाइते भएकी उनको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

सिंहका अनुसार उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्दा आइतबार राति नै उनको मृत्यु भएको हो । सुनाले आफ्नै शरीरमा आगो लगाउनुको कारण भने नखुलेको उनले बताए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार