देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सोमबार ११ बजे

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – साबिक नेकपाको दाहाल–नेपाल समूहले सोमबार स्थायी कमिटी बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको प्रवक्ता श्रेष्ठले बताए ।

अदालतको फैसलालगत्तै यो समूहका शीर्ष नेताले कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए । अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय स्थायी कमिटी बैठकबाट हुने पनि श्रेष्ठले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार