देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दाहाल र देउवाबीच भेटवार्ता, यस्तो भयो कुराकानी

0

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार (आज) भेटवार्ता भएको छ । देउवालाई भेट्न नेकपा अध्यक्ष दाहाल आफैँ महासचिव विष्णु पौडेलसहित देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।

भेटवार्तामा सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनका विषयमा छलफल भएको जनाईएको छ । सोहि क्रममा दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन काम छिटो गर्ने विषयमा परामर्श गरेका थिए ।

बिहान साढे १० बजेतिर देउवा निवासमा अध्यक्ष दाहाल र देउवाबीच करिब आधा घण्टा कुराकानी भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार