देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दिउँसै लुटपात गर्ने चार जना ललितपुरबाट पक्राउ

0

ललितपुर – लुटपाट गरेको अभियोगमा ललितपुरबाट चार जनालाई प्रहरीले पक्राउ परेको छ । ललितपुरको च्यासलमा बस्ने धनकुमारी ठकुरीको घरमा लुटपाट गरेको अभियोगमा ३ जना महिला र एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर घर भई हाल ललितपुरको च्यासल बस्ने २६ वर्षीय भरत मगर, ताप्लेजुङको घर भइ ललितपुरको लगनखेल बस्ने २८ वर्षीया निर्मला राई, ललितपुरको भारदेब–२ घर भई हाल लगनखेल बस्ने २० वर्षीया सुस्मिता डिम्डो र ललितपुरको चापागाउँ बस्ने २९ वर्षीया लबिन लामा बल तामाङ रहेका छन् ।

पुस १३ गते नुवाकोट घर भई ललितपुरको च्यासलमा बस्दै आएकी ५७ वर्षीया ठकुरीको कोठाबाट सी माला २ थान, पहेँलो पत्थर १ थान, पहेँलो टल्किने धातु १ थान र पुराना सिक्काहरु १४ थान लुटेको उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा अनुसन्धान गर्दा प्रहरीले लुटिएका भनिएका सामानसहित चार जनालाई बिहीबार साँझ करिब साढे ५ बजे च्यासलबाट पक्राउ गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार