देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दिउँसो २ बजेका लागि सारियो मन्त्रिपरिषद् बैठक

0

काठमाडौँ — बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सरेको छ ।

सत्तारुढ नेकपाको सचिवालय बैठककै समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेपछि गलत सन्देश जाने भएकाले दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक भने एक घण्टा पर सारेका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक डाकेका थिए ।

यसैबीच नेकपाको सचिवालय बैठक भने पूर्वनिर्धारित तालिका अनुसार नै दिउँसो १ बजे बालुवाटारमै बस्ने भएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट गर्दै पूर्वनिर्धारित कार्यक्रम अनुसार बुधबार दिउँसो एक बजे बालुवाटारमा सचिवालय बैठक बस्ने जानकारी दिएका हुन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार