देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दिल्लीमा नयाँ वर्षमा रात्रिकालीन कर्फयु

0

काठमाडौं – भारतको दिल्ली सरकारले कोरोना संक्रमणको जोखिम रहने भन्दै नयाँ वर्षको अवसरमा दुई दिन रात्रिकालिन कर्फयु लगाउने भएको छ ।

नयाँ वर्ष मनाउन मानिसहरुले विशेषगरी रातिको समयमा जमघट र भिडभाड गर्ने र त्यसले संक्रमण फैलाउने जोखिम रहेको भन्दै बिहीबार र शुक्रबार दुई रात्रिकालिन कर्फयु लगाउने निर्णय गरेको हो ।

दिल्ली विपद व्यवस्थापन प्राधिकरणले बुधबार राजधानी दिल्लीमा आज राति ११ बजेदेखि बिहान ६ बजेसम्म र भोलि राति पनि सोही समयमा सार्वजनिक स्थानमा पाँच जना भन्दा बढी भेला हुन र नयाँ वर्ष मनाउने कुनै पनि कार्यक्रम गर्न नपाउने निर्णय गरेको हो ।

यद्यपि, पूर्वअनुमति प्राप्त स्थानहरुलाई भने त्यो छुट रहने समेत आदेशमा भनिएको छ । दिल्लीका आठ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भए पछि नयाँ वर्षको भिडभाडले संक्रमण बढाउने जोखिम रहेको भन्दै उक्त निर्णय गरिएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार