देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दीपेन्द्रले दिए नयाँ वर्षको किर्तीमानी उपहार, एकै ओभरमा ६ छक्का

0

काठमाडौँ – नेपालका दीपेन्द्रसिंह ऐरीले शनिबार एकै ओभरमा लगातार ६ छक्का प्रहारको कीर्तीमान बनाएका छन् । एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा कतारविरुद्धको खेलमा दीपेन्द्रले उक्त कीर्तिमान बनाएका हुन् ।

उनले मस्कटस्थित अल अमेरातमा कतारका बलर कामरान खानले अन्तिम ओभरमा फालेको सबै बलमा छक्का प्रहार गरेका हुन् ।

दीपेन्द्रले यसअघी पनि चीनको हाङचउमा गत वर्ष भएको १९ औं एसियाली खेलकुदमा पनि उनले मंगोलियाविरुद्ध दुई ओभरभित्रका लगातार ६ बलमा ६ छक्का प्रहार गरेका थिए । एकै ओभरमा ६ छक्का प्रहार गरेको भने उनले पहिलो पटक हो ।

कतारसँगको अन्तिम २० औं ओभरमा ६ छक्का प्रहार गरेपछि दीपेन्द्रले भारतका युवराज सिंहको दुई कीर्तिमानको बराबर गरेका छन् । एसियाली खेलकुदमा दीपेन्द्रले ९ बलमै अर्धशतक बनाएर ट्वान्टी–२० अन्तर्राष्ट्रियमा अजेय कीर्तिमान राखेका थिए ।

दीपेन्द्रको उक्त कहिल्यै नतोडिने कीर्तिमानले भने त्यसअघिको युवराजले १२ बलमा बनाएको अर्धशतकको कीर्तिमानलाई तोडेको हो ।

दीपेन्द्रले यसै खेलमा २ विकेट पनि लिए । अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार ६ छक्का प्रहार गरे पनि यसअघिका चार खेलाडीले सोही खेलमा विकेट भने लिएका थिएनन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार