देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दुइ कम्पनि सहित ३३ जनालाई अख्तियारको ताकेता, ७ दिन भित्र सम्पर्कमा नआए कार्बाही

0

काठमाण्डौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको सार्वजनिक जग्गा कम्पनी वा व्यक्तिको नाममा घुसाइ दर्ता गरेको भन्दै केही व्यक्ति तथा संस्थाको नाममा ७ दिने सूचना जारी गरेको छ । ललितपुर जिल्लाको साविक हरिसिद्दी र धापाखेल गाबिसको सिमानामा पर्ने कर्मनासा खोलाको जग्गा व्यक्ति वा कम्पनीको नाममा घुसाई दर्ता गरेको भन्ने सूचनाका आधारमा बिहिवार उक्त ७ दिने सूचना जारी गरेको हो ।

अख्तियारले पुर्व मन्त्री तथा कांग्रेस नेता मिनेन्द्र रिजालको स्वामित्वमा रहेको एपेक्स कलेज र युरो हाउजिङ डेभलपर्स प्रा.ली. नामका दुइ कम्पनीकासाथै अन्जना देवी मिश्र,अञ्जना झा,कुमारी कञ्चन शाह ज्योत्सना जोशी, गोपाल तिमल्सिना, तिर्थ बहादुर कार्की,त्रीलोक राज शाक्य देव नारायण तिमल्सिना, नारन देवी मानन्धर,निर्मला शाक्य,पुर्ण गोबिन्द लाखे श्रेष्ठ,बिजय ब. राजभण्डारी, बिरो देवी यादव, भुवनेश्वरी पराजुलीका नाममा ७ दिने सूचना जारी गरेको हो ।

त्यस्तै पंकज पराजुली, मिना कुमारी कार्की `राउत´,रश्मि महर्जन, राजेन्द्र प्रसाद रुपाखेती,राज्यलक्ष्मी अमात्य ,राम दुलारी देवी शाह,राम माया महर्जन, रुपा श्रेष्ठ, लोक ब. डङ्गोल,लोकेश महर्जन, सकुन्तला श्रेष्ठ, सुशील मानन्धर, सरिता कुमारी ठाकुर, सीता मानन्धर,सुनिल मानन्धर,सुरेन्द्र कुमार मण्डल, सोनिया पोख्रेल, नर्मदा उपाध्याय शर्मा, सहित ३३ जनाको नाममा अख्तियारले सार्वजनिक सुचना जारी गरेको छ ।

अख्तियारको बिहिबार प्रशित सुचनामा भनिएको छ “यो म्याद सुचना प्रकाशित भएको मितिले सार्वजनिक बिदा र बाटोको म्याद बाहेक ७ दिन भित्र यस आयोगको अनुसन्धान महासाखा नं २ मा सम्पर्क राख्न आउनुहोला । अन्यथा कानुन बमोजिम भइजाने ब्यहोरा अनुरोध छ ।”

अख्तियारको सुचना

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार