देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दुई खेल बाँकी हुँदै सन्दीपको टोली सेमिफाइनलमा

0

ट्रिनीडाड – क्याराबिन प्रिमियर लिग(सीपीएल) मा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तलावाजले सेमिफाइनमा स्थान बनाएको छ । आफ्नो खेल वर्षाका कारण अवरुद्ध हुनुका साथै पछ्याइरहेको टोलीको हारपछि जमैका सेमिफाइलनमा पुग्न सफल भएको हो ।

गएराति सुरु भएको जमैका  र सेन्ट किट्स एण्ड नेभिज प्याट्रियटबीचको खेल वर्षाका कारण रद्द हुँदा दुवैले १–१ अंक बाडेका थिए । ब्रायन लारा मैदानमा सुरु भएको खेलमा जमैकाले टस जितेर पहिले बलिङ रोजेको थियो । सेन्ट किट्सले ५.४ ओभरमा कुनै विकट नगुमाइ ४६  रन बनाएर खेलिरहेको अवस्थामा पानी परेपछि खेल रोकिएपछि दुवैले अंक बाँडेका हुन् ।

शुक्रबार बिहान भएको खेलमा गुयाना अमेजन वारियर्सले बार्बाडोस ट्रिडेन्ट्सबीचको खेलमा बार्बाडोस पराजित भएपछि जमैकाले २ खेल बाँकी छँदै समेमिफाइनलमा स्थान बनाएको हो ।

जमैकाले अब लिग चरणका  बाँकी खेल ६ सेप्टेम्बरमा बार्बाडोजसँग  र लुसिया जुक्ससँग ७ सेप्टेम्बरमा खेल्ने छ । सन्दीपले सीपीएलका यस सिजनका ७ खेलमा बलिङ गर्दा १० विकेट लिन  सफल भएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार