देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दुई गैरआवासीय राजदूत नियुक्त

0
<p>फाइल फोटो</p>

फाइल फोटो

रासस/काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दुई देशका लागि गैरआवासीय राजदुत नियुक्त गरेकी छिन् । थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत गणेश ढकाललाई सिङ्गापुर र अष्ट्रियाका लागि आवासीय नेपाली राजदूत प्रकाशकुमार सुवेदीलाई ग्रिसका लागि गैरआवासीय राजदूतमा नियुक्त गरिएको हो । राजदूत सुवेदी भिएनास्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका लागि स्थायी नेपाली प्रतिनिधि समेत हुन् ।

नेपालको संविधानको धारा, २८२ अनुसार राष्ट्रपतिले उनीहरुलाई गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार