देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दुई महिनामा चार ‘केटो’ मरे

0

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय गैंडाका बच्चाको मृत्युदर बढ्दै गएको छ । चालू आर्थिक वर्षको साउनयता चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २० वटा गैंडा मृत फेला परेका छन् । जसमध्ये चार वटा बच्चा छन् ।

मरेका २० मध्ये चार वटा गैंडालाई सिकारीले मारेका हुन् । सिकारीले मारेका मध्ये एउटा बच्चा गैंडा पनि छ । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको पश्चिम क्षेत्र नवलपुरको कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेडदेखा भन्ने ठाउँमा शनिबार गैंडाको करीब दुई तीन महिनाको पोथी बच्चा मृत भेटिएको छ ।

बाहिरी चोटपटक केही देखिएको भन्दै प्राकृतिक कारणले गैंडाको बच्चा मरेको उनले बताए । वर्ष दिन भन्दा पनि कम उमेरका गैंडाको बच्चा मरेको यो तेस्रो हो ।

यसअघि पुस ३ मा नवलपुरकै नमूना मध्यवर्ती सामुदायिक वन र गत मंसिर ११ मा नमूना मध्यवर्ती सामुदायिक वनकै स्वर्गद्वारी घाटमा पनि ६ महिना जतिको गैंडाको बच्चा मृत फेला परेको थियो । अघिल्ला वर्षहरुमा पनि बाघ, गोही र भाले गैंडाको आक्रमणमा परेर गैंडाको बच्चा मर्ने गरेको निकुञ्जका अधिकारीहरु बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार शनिबार साँझ मृतावस्थामा केटो फेला परेको हो ।

गैँडाको ब्रह्मखाग र खुर सुरक्षित रहेको अधिकारीले बताए । गैँडाको सो मृत बच्चासँगै चालु आर्थिक वर्ष २०७७/०७८ मा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी २० गैँडाको मृत्यु भइसकेको निकुञ्जले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार