देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दुई समूहबीचको भीडन्तले सुनसरीका पाँच पालिकामा कर्फ्यू

0

काठमाडौं – धार्मिक विषयमा विवाद बढेर फडपको स्थिती सिर्जना भएपछी सुनसरीका पाँच पालिकामा कर्फ्यु लगाइएको छ । सुनसरीको हरिनगर गाउँपालिका १ स्थित भुटाहामा दुई समूहबीच झडपले उग्र रूप लिँदै गएपछि कर्फ्यु लगाइएको हो ।

झडपको स्थिति देखेर सुनसरी प्रसासनले भने शुक्रबार १२ बजे देखि नै  निषेधाज्ञा जारी गरेको थियो । विवादले ठूलो रूप लिन थालेपछि प्रशासनले इनरुवा नगरपालिकासहित अन्य तीन गाउँपालिका क्रमशः हरिनगर, देवानगन्ज, कोशी र भोक्राह नरसिंह र काेशीमा समेत कर्फ्यु लगाएको हो ।

आदेशमा अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली/भेला  प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न/नगराउन भनिएको छ ।

धार्मिक अपमान गरेको भन्दै एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्र रूप लिएपछि प्रहरीले दर्जन राउण्ड बढी हवाई फायर गरिसकेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार