देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दुई सय ७७ किमी सडक कालोपत्र

0

काठमाडौं (रासस) – सडक विभागले साउनदेखि २७७ किलोमिटर सडक कालोपत्र गरेको छ । यो अवधिमा २८८ किमी सडक खण्डस्मित (ग्राभेल) र ५८ किमी नयाँ सडकको ट्र्याक खोलिएको विभागले जनाएको छ ।

चालु आवमा अहिलेसम्म सबैभन्दा बढी सडक कालोपत्र हुलाकी राजमार्गमा भएको विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले बताए । हुलाकी राजमार्ग आयोजनाका अनुसार सो सडकमा ५० किमी सडक कालोपत्र भएको छ भने २५ किमी ग्राभेल भएको छ ।

मध्यपाहाडी लोकमार्गमा २० दशमलव ५ किमी सडक कालोपत्र र ६९ किमी ग्राभेल सम्पन्न भएको छ । सो सडकमा दुई वटा सडक पुल सम्पन्न भएको विभागले जनाएको छ । मदन भण्डारी राजमार्ग आयोजनामा १९ किमी सडक कालोपत्र, १५ किमी ग्रोभल र एउटा पुल सम्पन्न भएको छ ।

काडमाडौँका विस्तारका क्रममा रहेका आठ किमी सडक कालोपत्र भएको र व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत सात किमी कालोपत्र भएको छ । विभागले सडकको नियमित र पटके मर्मतसमेत गरिरहेको अहिलेसम्म ६४ किमी सडक अद्यावधिक मर्मत सम्पन्न भएको प्रवक्ता सापकोटाले बताए । अहिलेसम्म ४५ पुल सम्पन्न भइसकेको छ । अघिल्ला वर्षमै निर्माण शुरु भएका पुल अहिले आएर सम्पन्न भएको उनको भनाइ छ ।

गत आवमा विभागले ९८८ किमी सडक कालोपत्र गरेको थियो । गतवर्ष नै नेपाल सरकारको अधिकार क्षेत्रमा पर्ने एक हजार ३६३ किमी सडक ग्राभेल र ४४० किमी ट्र्याक खोलिएको थियो । गत वर्ष नै २४३ पुल सम्पन्न भएका थिए भने २३० किमी सडक आवधिक मर्मत भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार