देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दुध उत्पादन निरन्तर घट्दै

0

काठमाडौं – कृषिप्रधान देश नेपालमा पछिल्ला दिनमा दुध उत्पादन घटेको प्रतिवेदन सार्वजनिक भएको छ । 

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको प्रतिवेदनमा गत आव २०७९/८० को आठ महिनाको तुलनामा यो वर्ष दुध उत्पादन घटेको सार्वजनिक गरेको हो । 

सर्वेक्षण प्रतिवेदन अनुसार चालु आवको आठ महिनामा १७ लाख ४२ हजार ५६२ मेट्रिक टन दुध उत्पादन भएको छ । गत आवको सो अवधिमा भने १७ लाख ७० हजार ९२७ मेट्रिक टन उत्पादन भएको थियो । यो तथ्याङ्क हेर्दा गत वर्षभन्दा यो वर्ष दुध उत्पादन घट्ने अनुमान गर्न सकिन्छ । 

गत आव २०७९/८० मा पनि कृषि मन्त्रालयले २६ लाख मेट्रिक टन दुध उत्पादन हुने अनुमान गरिएकोमा १७ लाख ७० हजार ९२७ मेट्रिक टन मात्रै उत्पादन भएको थियो । नेपाल दुग्ध विकास बोर्डका पूर्वनिर्देशक एवं पशुविज्ञ डा. राजेन्द्र यादवले छ महिनाअगाडि ‘लम्पी स्किन’ रोगका कारण धेरै गाईभँसीको क्षति भएकाले पनि यो वर्ष दुध उत्पादन अझै घट्ने देखिएको बताए । उनका अनुसार दुध उत्पादन घट्नुमा दुध उत्पादन किसानले बेलामा भुक्तानी नपाउनु उपभोक्ताको आयआर्जन घट्नुलगायत रहेका छन् । 

प्रतिवेदन अनुसार आव २०७८/७९ मा २५ लाख ६६ हजार ६१४ मेट्रिक टन दुध उत्पादन भएकोमा आव २०७७/७८ मा २४ लाख ७९ हजार ८९९ मेट्रिक टन दुध उत्पादन भएको थियो ।  

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार