देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दुबईबाट आएर आइसोलेशनमा उपचाररत एकको मृत्यु

0

(बुटवल) – कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा रुपन्देहीको बुटवल धागो कारखानास्थित अस्थायी कोरोना अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ ।

सैनामैना नगरपालिका ४, सिसौडाँडाका ३४ वर्षीय बाबुराम थापा क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको हो । उनको मृत्युको कारण भने खुल्न सकेको छैन । आइतबार दिउँसो १ बजे उपचारकै क्रममा अस्पतालमा उनको मृत्यु भएको हो ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसार ती व्यक्ति दुबईबाट चैत ६ गते नेपाल आएका थिए । चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना गएका थिए ।

उनमा ज्वरो र खोकीको लक्षण देखिएपछि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा राखिएको थियो ।

उनको स्वाबको नमूना परीक्षणका लागि काठमाडौं पठाइएको छ । तर रिपोर्ट आइसकेको छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार