देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दुर्घटनामा मोटरसाइकल चालक श्रेष्ठको मृत्यु

0

(भक्तपुर) – मोटरसाइकल र स्कूटर आपसमा ठोक्किंदा कौशल्टारमा एक जनाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टार ६ लेन सडकमा स्कूटरलाई ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रेको पनौती नगरपालिका–१२ रोशी बस्ने २२ वर्षीया सरोज श्रेष्ठको मृत्यु भएको हो ।

कोटेश्वरबाट सूर्यविनायक तर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९ प. ०३५९ नम्बरको स्कूटरलाई ओभरटेक गर्ने क्रममा बा ५८ प. १६७७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका श्रेष्ठको नागरिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ । स्कूटर चालक मध्यपुर थिमि नगरपालिका–८ बोडे बस्ने १८ वर्षीया इशा ढेकेलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार