देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देउवाकै गृह जिल्लामा नहुने भयो चुनावी तालमेल

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाकै गृह जिल्ला डडेलधुरामा सत्ता गठबन्धनबीच स्थानीय निर्वाचनमा चुनावी तालमेल नहुने भएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबन्डामा कुरा नमिलेपछि तालमेल नहुने पक्का भएको हो।

‘दुई पटक सत्ता गठबन्धन दलहरुको बैठक बस्यो, दलहरुले आ–आफ्नो दाबी पेश गरे,’ कांग्रेस डडेल्धुराका सचिव शेरबहादुर भण्डारीले भने, ‘दाबीअनुसार भागबण्डा मिल्ने जस्तो लक्षण नदेखिएपछि गठबन्धन दलको बैठकबाटै एक्लाएक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरियो ।’

एक–आपसमा स्वच्छ प्रतिस्पर्धा गर्ने निर्णय गरेर सबै दलले आ–आफ्नो केन्द्रीय समितिलाई पठाएको उनी बताउँछन् । भण्डारी भन्छन्, ‘कांग्रेसले पहिलेदेखि नै जिल्लाका सातवटै पालिकामा एक्लै चुनाव लड्ने सोच बनाइरहेको थियो, अन्यदलहरुको दाबी पनि अलि नमिल्दो भएपछि गठबन्धन नगर्ने निर्णयमा पुग्यौं ।’

सात पालिका रहेको डडेलधुरामा कांग्रेसले ५ माओवादीले ३ र समाजवादीले २ स्थानीय दाबी गरेपछि सहमति हुन सकेन । यी दलबीच स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति पनि भएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार