देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देउवाको अनुपस्थितिमै कांग्रेस पदाधिकारी बैठक

0

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारीहरूको बैठक सभापति शेरबहादुर देउवाको अनुपस्थितिमै बसेको छ । मंगलबार पार्टि केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकले आगामी कार्यसम्पादन समितिको बैठकका एजेण्डाबारे परामर्श गरेको छ ।

बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्था र अधिवेशन हुन बाँकी जिल्लाका विषयमा छलफल भएको कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

उनका अनुसार म्याद सकिएका भ्रातृ संस्थाको हकमा म्याद थप गर्ने, तदर्थ समिति बनाउने वा भंग गर्नेलगायतका विषयमा छलफल भएको हो । बैठकमा केही पदाधिकारीहरूले म्याद सकिएका सबै भ्रातृ संस्थाको यथास्थितिमा म्याद थपेर महाधिवेशन गराउन निर्देशन दिनुपर्ने बताएका थिए ।

सहमहामन्त्री बद्री पाण्डेका अनुसार बैठकले कार्यसम्पादनका एजेण्डाहरुबारे पर्याप्त छलफल गरेको र सभापति देउवासँग बुधबार थप छलफल गरेर कार्यसम्पादनको प्रस्ताव तयार पारिनेछ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार