देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देउवालाई पौडेलको प्रश्न – एमसीसीबारे तपाईका उपसभापति र महामन्त्रीहरु किन बोल्दैनन् ?

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘एमसीसीबारे मन्त्री–महामन्त्रीको धारणा माग गरेका छन् ।

हालै बालुवाटारमा भएको भेटका क्रममा सत्तारुढ गठबन्धनका संयोजक समेत रहेका नेता पौडेललेनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितको बैठकमा एमसीसीबारे पार्टीका पदाधिकारीहरु किन बोल्दैनन् ? भनी प्रश्न गरेका हुन् ।

‘तपाई एमसीसी पारित गरौं भन्नुहुन्छ । यसमा तपाईका मन्त्रीहरु किन बोल्दैनन् ? तपाईका उपसभापति र महामन्त्रीहरु किन बोल्दैनन् ? कि उनीहरु कम्युनिष्टका पछाडि छन् ?’, पौडेलको आक्रोशित प्रश्न थियो ।

‘कि एमसीसी चाहिन्छ भन्नुपर्यो कि चाहिदैन भन्नुपर्यो । जिब्रो यताउता गरेर हुँदैन । हामीले चै काँध थाप्नुपर्ने तपाईका मन्त्री महामन्त्री चै नबोल्ने ?’, पौडेलले सोधेका थिए ।

उनले एमसीसीबारे भ्रम चिरेर अगाडि बढ्नुपर्ने भन्दै त्यसका लागि पार्टी संयन्त्र मुखरित हुनुपर्नेमा जोड दिएका थिए । ‘परराष्ट्रमन्त्रीको काम विदेश घुम्नेमात्रै हो ? एमसीसीबारे जनतालाई प्रष्ट भन्नुपर्दैन ?’, पौडेलले भनेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार