देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देउवाविरुद्धको रणनिति तय गर्दै शेखर समूह

0

काठमाडौं – महाधिवेशन सकिएको ६ महिना बितेलगत्तै नेपाली कांग्रेसभित्रको डा. शेखर कोइराला नेतृत्वको समूह सभापति शेरबहादुर देउवाविरुद्ध उत्रने तयरीमा जुटेको छ ।

कोइराला समूहले बिहीबार डा. शेखरको सचिवालयमा आफू निकटका पार्टी पदाधिकारी, केन्द्रीय सदस्य तथ पूर्वपदाधिकारीलाई छलफलका लागि बोलाएको हो ।

पछिल्लो समय पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान, नेपाल किसान संघ र आदिवासी जनजाति संघको नेतृत्वमासमेत आफू निकटकै नेतालाई नेतृत्व सुम्पिएपछि कोइराला समूह सभापति देउवासँग असन्तुष्ट छ ।

‘विधानको कार्यान्वयनका विषयमा नै छलफल गर्छौ, पर्टीको नीति महाधिवेशन, भ्रातृसंगठन, विभाग गठन, केन्द्रीय समिति बैठक अह्वानलगायतका विषयमा छलफल हुन्छ,’ एक पदाधिकरीले भने ।

देउवाले सभापति निर्वाचित भएको ६ महिनासम्ममा पनि पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डलाई पूर्णता दिन सकेका छैनन् । १४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनित गर्न बाँकी छ भने १ सय ६८ सदस्यीय केन्द्रीय समितिमा १ सय ४७ जना सदस्य मात्र छन् । सभापति देउवाले २१ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ ।

नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, किसान संघमा गणेश तिमिल्सिना र आदिवासी जनजाति संघको सभापतिमा ओमबहादुर थापालाई देउवाले मनफनित गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार