देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देउवासँगको असन्तुष्टि भन्दै जनजाति संघका सभापतिले दिए राजीनामा

0

काठमाडौँ – कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर गुरूङले पदबाट राजीनामा दिएका छन् । संघको विधान संशोधन, अधिवेशनमा ढिलासुस्ती लगायत विषयमा असन्तुष्टि जनाउँदै गुरुङले राजीनामा दिएका हुन् । गुरुङले सभापति देउवासमक्ष आफ्नो राजीनामा पत्र बुझाएको बताए ।

संघको पुरानो विधान संशोधन गरेर संघीय संरचनाअनुसार संस्थालाई परिवर्तन गर्न ०७४ फागुन २७ मा संशोधित विधानको कपी बुझाए पनि पार्टीले त्यसलाई अहिलेसम्म पनि स्वीकृति नदिएको उनको गुनासो छ ।

त्यस्तै, कांग्रेस गुट, उपुगुटमा लागेको र गठबन्धनका नाममा विभिन्न पार्टीका चुनाव चिह्नमा मतदान गर्नुपरेको भन्दै उनले संघको सभापति र पार्टीको क्रियाशील सदस्यताबाट समेत राजीनामा दिएको बताएका छन् ।

उनले माघ ११ मा राजीनामा दिएका थिए । १४ औँ महाधिवेशनमा भातृ संस्थाहरूले पाउने महाधिवेशन प्रतिनिधि पनि नपाएको उनको उनको गुनासो छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार