देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देउवासँग चुनाव लड्ने एमालेको उम्मेदवारनै भएन

0

काठमाडौं – प्रधानमन्त्री शेर बहादुर देउवाको चुनावी क्षेत्र डडेल्धुरामा नेकपा (एमाले) प्रतिनिधिसभातर्फ उम्मेदवार बिहीन भएको छ ।

यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यतर्फ एमाले डडेल्धुरा उम्मेदवार बिहीन भएपछि त्यसको फाईदा गठबन्धनले उठाउने भएको छ ।

एमालेका केन्द्रीय नेताहरुसँग एमाले र वीपी कांग्रेसबीच चुनावी तालमेल गर्ने मौखिक सहमति भएको थियो । अन्तिम अवस्थामा जिल्ला कमिटीको आन्तरिक सहमति बन्न सकेन ।

एमालेले पूर्व राष्ट्रियसभा सदस्य चक्र स्नेहिलाई अघि सारेर मनोनयन दर्ता गरेपनि काँग्रेस वीपीसँग तालमेल गर्ने भन्दै मनोनयन फिर्ता लिएको थियो ।

डडेल्धुरामा नेपाली काँग्रेसका सभापती एवं प्रधानमन्त्री शेर बहादुर देउवा र वीपी कांग्रेसका उम्मेदवार कर्ण मल्ल एवं स्वतन्त्र उम्मेदवार सागर ढकाल चुनावी प्रतिष्पर्धामा छन् ।

एक जना प्रतिनिधिसभा सदस्य र दुई जना प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा एमालेले प्रदेश (क) मा पूर्व प्रदेश पूर्वाधार विकास मन्त्री पठामनसिंह बोहरा र प्रदेश (ख) मा गजेन्द्रबहाद्र शाहीलाई उम्मेदवार बनाउँदै घरदैलो कार्यक्रम थालेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार