देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देउवा-प्रचण्ड वान टु वान बैठकमा थपिए माधव नेपाल

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनमा सहमति जुटाउने अन्तिम प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भइरहेकोमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि बालुवाटार पुगेका छन् । सरकार गठनको टुङ्गो लगायन तीन नेताबीच छलफलका आधारमा सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ।

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमनत्रीमा अडान कायम राखेको र काँग्रेसमा माओवादीलाई कुनैहालतमा छोड्न नहुने दबाब देउवामा बढेपछी सरकार गठन प्रक्रिया नटुङ्गीएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको एक साताको समय आइतबार साँझ ५ बजे सकिँदैछ । तर, गठबन्धनमा माओवादी केन्द्र र कांग्रेस दुबैले प्रधानमन्त्रीमा दाबी नछाड्दा सहमति जुट्न सकस भएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार