देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देउवा प्रधानमन्त्रीको हैसियतमा भाजपा मुख्यालय जानुभएको होइन : मन्त्री खड्का

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणको पहिलो दिन सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालय गएको विषयमा परराष्ट्रमन्त्री नारायण खड्काले प्रस्ट पारेका छन् । उनले भाजपाको मुख्यालयमा जानु कूटनीतिक मर्यादाविपरीत नभएको बताए ।

प्रधानमन्त्री देउवा नेतृत्वको टोली तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खड्काले प्रधानमन्त्री देउवा भाजपाको कार्यालयमा जानु कूटनीतिक मर्यादाविपरीत नभएको दाबी गरे।

पराराष्ट्रमन्त्री खड्काले भने नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्ध विस्तारका लागि कांग्रेस सभापतिको हैसियतले प्रधानमन्त्री भाजपाको कार्यालय पुगेको जिकिर गरे।

उनले भने, ‘यो पक्कै कूटनीतिक मर्यादाभित्र नरहेको भन्ने कुरा ठीक खालको धारणा होइन। नेपाली कांग्रेसको सभापति भएको नाताले नेपाली कांग्रेसले अन्य विभिन्न देशका पार्टीहरुसँग पनि एउटा मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको छ। जस्तो चीनको कम्युनिष्ट पार्टीसँग पनि नेपाली कांग्रेसको राम्रो सम्बन्ध छ, पार्टी टु पार्टी। त्यस्तै भारतको कांग्रेस पार्टीसँग पनि राम्रो सम्बन्ध छ। अहिले भारतीय जनता पार्टीमा उहाँ प्रधानमन्त्रीको नाताले जानुभएको होइन। उहाँ नेपाली कांग्रेसको सभापति भएको नाताले पार्टी टु पार्टी सम्बन्धलाई विस्तार गर्नको लागि बिजेपी पार्टी हेडक्वार्टरमा जानुभएको हो।’

प्रधानमन्त्री देउवा भाजपाको मुख्यालयमा गएको विषयमा कूटनीतिक क्षेत्रमा आलोचना भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार