देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देउवा र प्रकाशमानबीच भनाभन्

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहबीच भनाभन भएको छ ।

आइतबारको केन्द्रीय समितिको बैठकमा नेता सिंहले न्यायालयमा देखिएको विवादबारे सभापति देउवालाई बोल्नुपर्ने भनेपछी जवाफमा देउवा जङ्गीएका हुन् ।

“गठबन्धन सरकार तपाईंको नेतृत्वमा छ । न्यायालय बोल्छ, मिलाउँछ भनेर हुँदैन । गठबन्धन र सरकार बोल्नुपर्‍यो । चुप लागेर बसेर भएन । न्यायालय स्वतन्त्र छ भनेर मात्र भएन, हामीले केही नबोल्नु राम्रो भएन,” प्रकाशमानको भनाई थियो ।

जवाफमा देउवाले आफूले सबैसँग समन्वय गरेर काम गरिरहेको बताएका थिए । “समन्वय गर्ने हो, अन्डर्स्ट्यान्ड छ । यो सरकार लामो पनि होइन । राष्ट्रियसभा निर्वाचन टार्गेगेट गरेको हो,” देउवाले भने ।

नेता सिंहले फेरि ‘निर्वाचनमा पनि तालमेल हुन्छ भन्ने आइरहेको छ नि ? प्रष्ट कुरा के हो ?’ भनेर प्रश्न गरेका थिए ।

जवाफमा देउवाले चुनावबारे कवहिसँग कुनै कुरै नभएको जिकिर गरे । उनले भने “यहाँ सुन्नुहोस्, सरकार त रहन्छ, तर चुनावी गठबन्धन हुन्छ कहाँ भनेको छुँ मैले ? केही निर्णय भएको छैन । कोहिसँग चुनावको कुरै भएको छैन ।”

सिंहले फेरीपनि चुनावी तालमेल गर्न नहुने र कांग्रेस एक्लै लड्नुपर्ने दाहोर्याए । जवाफमा सभापति देउवाले भने- चुनावको त कुरै भएको छैन नि । एमाले र माओवादी मिल्दा हामी सबै हारेको अहिले ओली र प्रचण्ड फुटेपछि एक्लै लड्ने भन्ने ? तपाईं लड्नुस् एक्लै । तपाईं एक्लै लडे त भैगो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार