देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देउवा र प्रचण्डबीच ‘वान टु वान’ निर्वाचन केन्द्रित वार्ता

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ। बुधबार प्रधानमन्त्री निवासमा बालुवाटारमा भएको छलफलमा चुनाव केन्द्रीत भएको बताइएको छ।

स्थानीय तहको निर्वाचनको मिति तोक्न सत्ता गठबन्धनलाई टाउको दुखाइको विषय बनेको छ। मंगलबार बसेको सत्ता गठबन्धको बैठकले वैशाखमै निर्वाचन गर्ने सहमति भए पनि मितिको टुंगो लगाउन सकेको छैन।

बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकमा निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुने भएकोले बुधबार प्रचण्डसँग वार्ता भएको खुमलटार स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार दुई नेता बीच नेपाल प्रहरीतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दीको विषयमा पनि छलफल भएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार