देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देउवा र प्रचण्डबीच समयमै शितलनिवास जाने सहमति

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच समयमै बहुमतको सरकारको दाबी गर्ने सहमति बनेको छ ।

वैकल्पिक सरकार गठनको समय घर्किँदै गइरहेका प्रचण्ड देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । छलफल पुर्ववत सहमती अनुसार बहुमतिय सरकारको दाबीकालागी तयारीरहने बिषयमा केन्द्रित रहेको वालुवाटार स्रोतको दाबी छ ।

स्रोतका अनुसार देउवा र प्रचण्डबीच समयमै बहुमतको सरकारको दाबी लिएर शीतलनिवास जाने सहमति भएको छ ।

संविधानको धारा ७६ (२) को सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजेसम्म समय दिएकी छन् ।

विपक्षी गठबन्धनमा अहिलेसम्म बुहमत देखिएको छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार