देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देवराज घिमिरेलाई सभामुख बनाउने एमालेको तयारी

0

काठमाडौं – नेकपा एमालेले प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

पार्टीका शीर्ष नेताहरुसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले सभामुखको उम्मेदवार देवराजलाई बनाउने आशय व्यक्त गरेको एमाले ओली निकट स्रोतले बतायो ।

यस पटक एमालेले मन्त्री र सभामुखमा नयाँ तथा अवसर नपाएकालाई मौका दिने नीति अनुसार सभामुखमा पार्टीका सिनियर नेता घिमिरेलाई अघि सार्न लागेको स्रोतको दाबी छ ।

झापा २ बाट निर्वाचित एमाले स्थायी कमिटी सदस्य समेत रहेका पार्टीका पुराना नेता घिमिरेले प्रत्यक्ष चुनाव लडेको यो पहिलो पटक थियो ।

सभामुखमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माको पनि दाबी रहेकोमा अध्यक्ष ओलीले यस पटक घिमिरेलाई मौका दिन खोजेको बुझिएको एक नेताले बताए ।

बुधवार सभामुखको निर्वाचन प्रक्रिया शुरु हुने भएकाले एमालेले मंगलबार साँझसम्म औपचारिक निर्णय गर्ने सम्भावना छ । सभामुख निर्वाचन माघ ५ गते हुँदैछ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार