देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देशको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु हो – गगन थापा

0

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको अहिलेको आवश्यकता आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु भएको बताएका छन् ।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताए ।

नेपालमा अर्को प्रधानमन्त्री को बन्दै छ भन्नेकुरा सबै नेपालीलाई पहिला नै थाहा हुने भइसकेको भन्दै उनले अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्नेकुरा रोक्न सक्नुपर्ने बताए ।

महामन्त्री थापाले आफू संसदीय दलको नेता बदल्ने कुरामा नथाकेको पनि स्पष्ट पार्दै आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्न निरन्तर लाग्ने बताए । उनले संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने कुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागि पर्ने बताए ।

महामन्त्री थापाले पार्टी मिसन २०८४ मा लागेकाले कांग्रेसले यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न लाग्नुपर्ने बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार