देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देशभरका अदालत आज बन्द

0

काठमाडौं – सर्वोच्च अदालतले आइतबार देशभरका अदालत बन्द रहने निर्णय गरेको छ। सर्वोच्चले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको गत बुधबार भएको निधनको शोकमा देशभरका सम्पूर्ण अदालतमा शोक बिदा दिने निर्णय गरेको हो।

१९९१ साल पुस १ मा काठमाडौंको कमलपोखरीमा जन्मेका पूर्वप्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए। उनी २०५४ साल चैतमा प्रधानन्यायाधीशमा नियुक्ति भई २०५६ मंसिर ३० सम्म कार्यभार सम्हालेका थिए।

बुुधबार निधन भएका शर्माको परिवार विदेशबाट आउन ढिलाइ भएको हुँदा शनिबार मात्रै उनको अन्त्येष्टि गरिएको थियो। अन्त्येष्टि गरेपछि मात्रै सर्वोच्च अदालतमा आकस्मिक पूर्ण बैठक बसी शोक बिदा दिने निर्णय भएको हो।

देशले सच्चा न्यायिक व्यक्तित्वलाई गुमाएको, न्याय र कानुनको क्षेत्रमा अपुरणीय क्षति पुगेको सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार