देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देशभरका अदालत दुई साता बन्द हुने

0

(काठमाडौ) –  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राख्दै देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् ।

शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैत २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । बैठक (फूलकोर्ट)ले बन्दीप्रत्येक्षीकरण पक्राउ पुर्जी अनुमति जस्ता सेवामात्र दिने, अरू मुद्दाको सुनुवाई, दर्ता र तारेख जस्ता कामकारबाही नगर्ने निर्णय गरेको हो ।

बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन । बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई दुई साता रोकिने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

‘वैयक्तिक स्वतन्त्रतासँग सम्बन्धित विषय र अत्यावश्यकीय अन्य सेवाहरू जस्तैः बन्दीप्रत्यक्षीकरण, अभियोगपत्र दर्ता, बयान र थुनछेक, पक्राउ पुर्जी अनुमति र जरुरी पक्राउ पुर्जीको समर्थन, म्याद थप तथा महामारीसँग सम्बन्धित गम्भीर प्रकृतिका निवेदनहरू रकम तिरी कैदबाट छाड्न दिइने निवेदन र बालबालिका जिम्मा दिनेसम्बन्धी निवेदनमा दर्ता र सुनुवाइ हुनेछ,’ फूलकोर्टको निर्णयमा उल्लेख छ । प्रशासनिक काम, फैसला लेखन लगायतका काम भने नियमित हुने निर्णयमा उल्लेख छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार