देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देशभरबाट महाधिवेशन प्रतिनिधि छान्दै एमाले

0

काठमाडौं – नेकपा (एमाले) आज शनिबार एकैदिन देशभर महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । एमालेले १०-१२ मंसिरमा चितवनमा हुने १०औँ महाधिवेशनका प्रतिनिधि चयन गर्न लागेको हो । यद्यपि, कतिपय जिल्लामा सहमतिका आधारमा यसअघि नै प्रतिनिधि चयन भइसकेका छन् ।

एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर एक महिला सहित तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था एमालेले गरेको छ । यसअघि एक हजार पाँच सय सदस्य बराबर तीन जना छनोट गर्ने व्यवस्था रहेको थियो ।

एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ। यस अनुसार, आठ सय जना बराबर एक जना महाधिवेशन प्रतिनिधि छनोट गरिने व्यवस्था एमालेले गरेको छ।

एमाले प्रचार विभागका अनुसार संगठित सदस्यको संख्या आठ लाख नाघिसकेको छ । एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दै छ। प्रदेश र सोसरहका कमिटीबाट २ महिलासहित ५ जना प्रतिनिधि चयन हुने छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार