देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

देश-जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं : रावल

0

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भीम रावलले पार्टी फुटाएर देश र जनतालाई धोका दिने र पार्टीप्रति गद्दारी नगर्न आग्रह गरेका छन् । बुधबार बिहान ट्वीट गर्दै नेता रावलले फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा नलाग्न सबैमा आग्रह गरेका हुन् ।

नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान भएको उनले बताए ।

उनले ट्वीटमा लेखेका छन्, ‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो ।बैठकबाट समस्याको समाधान खोज्नुपर्छ ।’

नेकपा भित्र विवाद बढिरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका नेकपाका अर्का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सर्वाधिक कठिन समय भएको बताएका छन् । नेकपा सचिवालयको बैठकको समयसँग जुधाएर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आह्वान गरेपछि बुधबार बिहान ट्वीट गर्दै नेता भट्टराईले ‘सर्वाधिक कठिन समय’ भएको बताएका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार