देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘देश बदल्छौँ भन्दा बाबुको उमेर कति भनेर सोध्ने ?’ – गगन थापा

0
<p>फोटो &#8211; गगन थापको फेसबुक</p>

फोटो – गगन थापको फेसबुक

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री तथा हालै काठमाडौँ-४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले देश बनाउँछु भनेर लाग्दा भाँजो हाल्ने काम भइरहेको बताएका छन्।

मंगलबार विराटनरगरमा कांग्रेस नेता गुरुराज घिमिरेको ‘बाटो बिराएको राजनिती’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले पार्टीको १४औं महाधिवेशनदेखि नै डा.शेखर कोइरालासँगै रहेर पार्टी सुधारका लागि पनि लडिरहेको बताए। देश बदल्ने अभियान नै बनाएर हिँड्दा उमेर सोधिन थालेको भन्दै उनले आपत्ति जनाए।

‘देश बदल्छौँ भन्दा बाबुको उमेर कति हो भनेर सोध्ने? कुन दाइ रिसाउनुहुन्छ मतलब गर्नुहुँदैन। अब मनको डर निकाल्नुपर्छ’ उनले भने, ‘कांग्रेसले यसपल्ट सरकार यसरी चलाउँछ भनेर देखाउन सके लाखौँ मतदाता कांग्रेसतिरै आउँछ। अर्कोपल्ट कांग्रेस ४० प्रतिशतको पार्टी बन्छ।’

थापाले शेखर कोइरालासँग एक भएर पार्टी सुधारको लागि एजेन्डा बनाएर अघि बढेको भन्दै उनले अब पनि कोइरालासँगै काम गर्ने बताए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार