देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दोलखामा बिहीबार राति ९ बजेदेखि मतगणना हुने

0

काठमाडौं – बुथ कब्जाका कारण पुनः मतदान भएको दोलखामा बिहीबार रातिबाट मतगणना हुने भएको छ।

दोलखाको वैत्यश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका चार मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएसँगै बसेको सर्वदलीय बैठकले आजैबाट मतगणना गर्ने सहमति गरेको हो।

बिहीबार राति ९ बजेबाट प्रत्यक्षतर्फको मतगणना सुरु गरिने दोलखाका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए।

बिहीबार वैत्यश्वर माध्यमिक विद्यालय केन्द्रका क, ख र ग जनज्योति मध्यमिक विद्यालय केन्द्रका क र ख मा पुनः मतदान भएको थियो। यस्तै, वैत्यश्वरकै कालिढुङ्गा माध्यमिक विद्यालय केन्द्रका क, ख र ग’मा पनि पुनः मतदान भएको थियो। तामाकोशी गाउँपालिका ३ जफेको हेल्थपोस्ट केन्द्रको क र ख’मा पनि बिहीबार पुनः मतदान भएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार