देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

दोलखा भीमसेनलाई आयो पसिना

0

दोलखा – दोलखाको सदरमुकाम चरिकोट नजिकै रहेको ऐतिहासिक भीमसेनको मूर्तिलाई पसिना आएको छ । गत बर्ष कोरोना संक्रमणको पहिलो लहर आउनुअघि यस्तै गरी पसिना आएको त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई गुठी र पुजारीले जानकारी गराएको एक स्थानियले बताए ।

०५८ सालको दरवार हत्याकाण्डलगायत ०७२ को भूकम्पजस्ता अनेक घटनाको संकेतस्वरुप भीमसेनलाई पसिना आउने गरेको जन विश्वास रहेको छ ।

यो धार्मिक बिश्वासको संयोग मात्रै हो या यसमा केही तथ्य पनि लुकेको छ ! भन्न सकिन्न तर,दोलखा भीमसेनलाई पसिना आउनु र मुलुकमा केही बिपत्ति आउनुमा विगत देखिनै गजबको तादात्म्यता रहेको पाइन्छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार