देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

धनगढीका नगर प्रमुख हमाललाई ज्यान मार्ने धम्की

0

काठमाडौं – धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन् ।

नगर प्रमुख हमाललाई वाह्टएपमा कल गर्दै राना थर गरेका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् । राति ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन पेश गरेका छन् ।

प्रशासनका सूचना अधिकारी शिवराज जोशीले नगर प्रमुख हमालले पेश गरेको निवेदन जिल्ला प्रहरी कार्यालय पठाइएको बताए ।

प्रहरी प्रवक्ता कुलदिप चन्दले धम्की दिने व्यक्तिलाई मंगलबार छलफलका लागि जिल्ला प्रहरी कार्यालय बोलाइएको बताए । उनले धम्क्याउने व्यक्तिसँग छलफल गरेपछिमात्र धम्कीको कारण थाहा हुने बताए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार