देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

प्रदेशस्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने

0

(धनगढी) – धनगढीको जुगेडामा प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा मनकामना युवा क्लबको आयोजनामा वानस्टप अटोमावोईल्स प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको हो ।

आउँदो ११ गतेदेखि मनकामना युवा क्लबको खेल मैदानमा महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । गत वर्ष महिला तथा पुरुष फुटबल प्रतियोतिाको पहिलो संस्करण सम्पन गरेको मनकामना युवा क्लबले यस वर्ष पनि माघ ११ गतेदेखि महिला तथा पुरुष फुटबल प्रतियोगिताको दोस्रो संस्करण आयोजनाको तयारीमा जुटेको आयोजक मनकामना युवा क्लबका अध्यक्ष डबल थापाले बताए ।

प्रतियोगितामा पुरुषतर्फ १६ तथा महिलातर्फ ६ वटा टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगितामा पुरुष तर्फको विजेतालाई ७५ हजार तथा उपविजेतालाई ४१ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै महिला तर्फको विजेतालाई २० हजार तथा उपविजेतालाई १० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने मनकामना युवा क्लबका अध्यक्ष थापाले जानकारी दिए ।

कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मोहित शाहले मनकामना क्लबले आयोजना गर्ने प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । फुटबल क्षेत्रको विकासका लागि प्रतियोगिताहरु आयोजना हुनुको विकल्प नभएको उनको भनाई छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष गणेश प्रसाद जोशीले खेलकुद क्षेत्रको विकासका लागि वडा कार्यालयले गनुपर्ने सहयोगमा कुनै कमी नहुने बताए । प्रतियोगिताको मुख्य प्रायोजकमा वानस्टप अटोमोवाईल्स रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार