देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल दब्बर मतले अगाडी

0

काठमाडौं – कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले दोब्बर भन्दा बढि मतले अग्रता लिइरहेका छन्। ४२ हजार २३० मतगणना हुँदा हमालले प्रतिस्पर्धीसँगको अन्तर फराकिलो बनाइसकेका हुन्।

स्वतन्त्र उम्मेदवार हमालले नेपाली कांग्रेसका नृपबहादुर ओडलाई ९५५७ मतले पछि पारेका छन्। हमालले १९ हजार १४७ मत ल्याउँदा कांग्रेसका ओडले जम्मा ९ हजार ५५७ मतमात्रै पाएका छन्।

मेयरमा तेस्रो स्थानमा रहेका नेकपा एमालेका रणबहादुर चन्दले ४६६४ मत ल्याएका छन्। यस्तै उपमेयरमा भने माओवादी केन्द्र र एमालेका उम्मेदवारको प्रतिस्पर्धा देखिएको छ। माओवादी केन्द्रकी शान्ति अधिकारीले ८८१५ मत ल्याएर अग्रता कायम गरेकी छन्।

उनलाई एमालेकी कन्दकला रानाले ८१४१ मतका साथ पछ्याइरहेकी छन्। तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५०३६ मत पाएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार