देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

धरानका मेयर राई आफैं झाडु बोकेर भानुचोक सफाईमा

0

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बिहीबार हातमा झाडु बोकेर भानुचोक सफाइमा सहभागी भएका छन् ।

उनका समर्थकहरूका साथै सेवक अभियानको टोली पनि सफाई कार्यक्रममा सहभागी भएका हुन् ।

वर्षाको कारण केही ढिलाई भएको सफाई अभियानमा मेयर साम्पाङ आफैं झाडु लिएर पुगेपछि अचम्मित हुँदै हेर्नेहरूको पनि भीड लाग्यो ।

मेयर साम्पाङले आफ्नो घर, आँगन र सडक सफा राख्न सचेतना जगाउनको लागि आफैं सरसफाई अभियानमा आएको बताए । आफूबाट निस्कने फोहोर आफैं व्यवस्थापन गर्ने बानी बसाल्न अनुरोध गर्दै आफू झाडु बोकेर आएको पनि मेयर साम्पाङले बताए ।

अबको ६ महिनामा धरानलाई देशकै सफा सहर घोषणा गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै प्रमुख राईले यसमा सबैको साथ सहयोग जरुरी रहेको बताए ।

उनले बुधबार नै सामाजिक सन्जालमार्फत बिहीबार भानुचौक सफाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार