देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

धान, आलु फलाउन छोडेर किन चाहियो गाँजा? – केपी ओली

0

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको बजेटमा गाँजा खेतीको अध्ययन गर्ने विषय समावेश गरिएको भन्दै आपत्ति जनाएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको अध्ययन गर्ने विषय उल्लेख भएकोमा आपत्ति जनाएका हुन्।

कृषिमा आत्मनिर्भर बनाउने विषयमा सरकारले ध्यान नदिएर केही व्यापारीलाई फाइदा पुग्ने गरी गाँजा खेतीको कुरा समेटिएको ओलीले आशंका गरे ।

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले यसलाई ‘फेन्सी योजना’को संज्ञा दिएका छन् । उनले कुनै न कुनै समूहको स्वार्थमा ल्याएको योजनाले सर्वसाधारणलाई फाइदा नहुने बताए । ‘जनताको सरकारभन्दा फेन्सी कुराहरू आए । गाँजा खेती कसको स्वार्थमा ल्याइयो । धेरै गरिबका लागि आएको होइन । कसलाई लाइसेन्स लिएको गाँजा खेतीका लागि आएको हो ?,’ उनले भने ।

‘धान फलाउने, आलु फलाउने, कृषि बढाउने त्यतापट्टि छैन । खाद्यान्नमा आत्मनिर्भर भन्ने छैन,’ अध्यक्ष ओलीले भने, ‘कसले गर्न खोजी राछ गाँजा खेती ? अहिले मान्छे दृष्टिगोचर भएको छैन । कोही छ गाँजा खेती पछाडि ? गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ?’ उनले सोधे ‘गाँजा भात हो ?’

 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार