देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

धान मिलमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

0

(झापा) – झापाको एक धान मिलमा आगलागी हुँदा करीब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । झापा गाउँपालिका–३ सिमलबारीस्थित एक धान मिलमा आगलागी हुँदा सो रकम बराबरको क्षति भएको हो ।

झापा–३ का प्रसाद राजवंशीले सञ्चालन गरेको धान मिलमा सोमबार दिउँसो आगलागी हुँदा १४ लाख ७८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार