देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

0

काठमाडौं – धितोपत्र बोर्डका अध्यक्ष भीष्मकुमार ढुंगानालाई २७ महिना बाँकी छँदै मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बर्खास्त गरेको छ ।

सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर निष्कासन हुनुुअगावै छोरीको नामबाट सेयर खरिद गरिएका कारण उनी १६ भदौदेखि निलम्बनमा रहेका ढुङ्गानालाई सरकारले गठन गरेको न्यायिक छानबिन समितिको सिफारिसका आधारमा बर्खास्त गरेको हो ।

अघिल्लो साताको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष ढुंगानालाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो ।

बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणलाई महँगोमा सेयर बेच्न लागेको सर्वोत्तम सिमेन्टमा ढुंगानाले छोरी रेबिका ढुंगानाको नाममा ११ हजार नौ सय १२ कित्ता सेयर खरिद गरेका थिए । ढुंगानाका अन्य नातेदारको नाममा पनि सेयर खरिद भएको खुलेको थियो ।

धितोपत्र ऐन, २०६३ ले अध्यक्षले बोर्डलाई हानि–नोक्सानी पुर्‍याई बोर्डको हित वा पुँजी बजारको विकासविपरीत हुने गरी काम–कारबाही गरेमा नेपाल सरकारले तोकिएबमोजिम जाँचबुझ समितिको गठन गरी सो समितिको सिफारिसमा निजलाई अध्यक्षको पदबाट हटाउन सक्ने व्यवस्था गरेको छ ।

२१ पुस ०७६ मा चार बर्षकालागी नियुक्त भएका ढुंगाना २१ महिनामै पदमुक्त भएका हुन् । कार्यकाल पूरा नहुँदै अध्यक्ष वा कुनै सदस्यको पद रिक्त भएमा सरकारले सो पदमा बाँकी अवधिका लागि कुनै व्यक्तिलाई नियुक्त गर्न सक्ने व्यवस्था छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार