देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

0

काठमाडौं – धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन्। बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको संयोजकत्वमा गठित छनोट समितिले हमाल सहित कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम अध्यक्षका लागि सिफारिश गरेको थियो।

मन्त्रिपरिषद्ले अन्य दुई प्रतिस्पर्धीलाई पन्छाएर हमाललाई नियुक्त गरेको हो। छनोट समितिका सदस्यमा अर्थ सचिव मधु मरासिनी र विज्ञ सदस्यमा नेपाल स्टक एक्सचेन्जका पूर्व अध्यक्ष जीवनाथ धिताल थिए।

लामो समयदेखि थाइल्यान्डमा बस्दै आएका हमाल केही वर्षअघि नेपाल फर्किएका हमालले एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (एआईटी) बाट एमबीए गरेका छन्। उनी घरजग्गा कारोबारमा संलग्न थाइल्यान्डको ओमस्टोन एशिया अन्तर्गतको कम्पनी ओमस्टोन एशिया क्यापिटल नेपाल प्रालिका प्रबन्ध निर्देशक हुन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार