देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

धुलिखेलमा नौ सय मत गणना हुँदा गठबन्धनको १२ मत

0

काठमाडौं – काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उमेदवारको अग्रता देखिएको छ ।  नौ सय मत गणना हुँदा स्वतन्त्र उमेदवार बिदुरबहादुर बस्नेतले ४०६ मत प्राप्त गरेर अग्रता लिएका छन् ।

नेपाली कांग्रेस धुलिखेलका नगर सभापति समेत रहेका बस्नेतले गठबन्धनको विरोधमा स्वतन्त्र उमेदवारी दिएका हुन् ।

त्यसैगरी नेकपा एमालेका उमेदवार अशोककुमार ब्यान्जुले ३४३ मत प्राप्त गरेका छन् भने गठबन्धनका आधिकारिक उमेदवार दयासागर श्रेष्ठले जम्मा १२ मत प्राप्त गरेको पत्रकार मोतिराम तिमिल्सिनाले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार