देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

धुलिखेल अस्पतालमा ५२ वर्षीय कोरोना संक्रमितको मृत्यु

0

काभ्रे – कोरोना भाइरसको संक्रमणबाट काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । संक्रमणबाट धुलिखेल नगरपालिका–११ डाँडा गाउँका ५२ वर्षीय पुरुषको आइतबार मृत्यु भएको हो ।

विगत ७ दिनदेखि भेन्टिलेटर राखेर उपचार भइरहेका ५२ वर्षीय पुरुषको आइतबार बिहान २ बजे मृत्यु भएको वडाअध्यक्ष विष्णु धितालले जानकारी दिए ।

उनी जन्डिसको समेत बिरामी थिए । योसँगै काभ्रे जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको र ३ सय बढी सक्रिय संक्रमित रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार