देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

धोका दिएको भन्दै प्रदीप नेपालले छाडे माधव नेपालको साथ

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेकपा एमाले छाडेर नेकपा (एकीकृत) समाजवादीतिर लागेका प्रदीप नेपालले माधव नेपालको साथ छोडेका छन्। नेता नेपालले एक साता नबित्दै माधव नेपालले धोका दिएको भन्दै उनको साथ छोडेको बताएका हुन् ।

सोमबार सामाजिक सञ्जाल मार्फत उनले मदन भण्डारीद्वारा प्रतिपादित बहुदलीय जनवादलाई अंगिकार गर्ने गरी आफूले माधव नेपाललाई साथ दिए पनि त्यस विषयमा धोका दिएकाले विदा लिएको बताएका छन्।

उनले लेखेका छन् ‘माधव कमरेड,  म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैँ विरोधी हुँ’, । ‘तपाईँ पनि झेली कुरा गर्न सिक्नु भएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ। तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो, विदा !’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार